एजेन्सी । स्पेनिस ला लिगा फुटबमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति सम्पन्न भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा ३-० गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल खाएपछि खेल बराबरीमा सकिएको थियो । पाहुना टोली बार्सिलोनाका लागि अन्सु फाती, सेर्गी बस्क्वेटस र मेम्फिस डिपेले १/१ गोल गरेका थिए । त्यस्तै उक्त खेलमा फाती घाइते भएपछि हाफ टाइममा सब्सटच्युट भएका थिए ।
यता घरेलु टोली सेल्टा भिगोका लागि इआगो आसपासले २ गोल गरेका थिए । भने नोलिटोले १ गोल गरेका थिए । सेल्टाका लागि आसपासले खेलको ९६औ मिनेटमा गोल गर्दै खेल बराबर गरेका थिए ।
उक्त बराबरी सँगै बार्सिलोनाको १२ खेलमा १७ अंकसहित नवौ स्थानमा रहेको छ भने सेल्टाको १३ खेलमा १२ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।


