शुक्रबार, भाद्र २६ गते २०८३
images

बुन्डेसलिगा : फ्रेइबर्गमाथि बायर्नको जित 

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 250
    SHARES
  • बुन्डेसलिगा : फ्रेइबर्गमाथि बायर्नको जित 

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा सविको विजेता बायर्न म्युनिखले एससी फ्रेइबर्गलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा बायर्न म्युनिखले फ्रेइबर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    घरेलु टोली बायर्न म्युनिखका लागि लेओन गोरेटज्का र रोबेर्ट लेवानडोस्कीले १/१ गोल गरेका थिए । त्यस्तै फ्रेइबर्गका जनिक हाबेरएरले १ गोल गरेका थिए ।

    उक्त जितसँगै बायर्न म्युनिखको ११ खेलमा २८ अंकसहित शिर्ष स्थानमा छ । यता पराजित फ्रेइबर्गको ११ खेलमा २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    images