एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टसले फिओरेन्टिनालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले जुआन कुआड्राडोको निर्णायक गोलमा फिओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
निकै प्रतिस्प्रर्धात्मक बनेको अेलमा कुआड्राडोले खेलको ९१औं मिनेटमा गोल गर्दै युभेन्टसलाई जिताएका थिए ।
उक्त जितसँगै युभेन्टसको १२ खेलबाट १८ अंक जोडेको छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै फिओरेन्टिनाको १२ खेलमा १८ अंक नै छ र लिगमा सातौ स्थानमा रहेको छ ।


