शुक्रबार, भाद्र २६ गते २०८३
images

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा 

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 258
    SHARES
  • अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा 

    कात्तिक २१ काठमाडौं । न्युजिल्यान्ड आईसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

    images

    न्युजिल्यान्डको यस जितसँगै उपाधी दाबेदार मानिएको भारत भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । लगातार ४ खेल जित्दै समूह-२ बाट  पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । 

    न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।

    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो ।   अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्युजिल्यान्डका  ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे । यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।