शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : समूह विजेता बन्याे पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 456
    SHARES
  • टि-२० विश्वकप : समूह विजेता बन्याे पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

    कात्तिक २२ काठमाडौं । पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।  आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । 

    images

    अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले  सर्वाधिक ५४ रनमा अविजित रहे । 

    यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले  सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक ५४ रनमा अविजित रहे ।

    images

    सुपर १२ को समूह-२ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४  जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

    पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच  हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।