शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रिमियर लिग : लिभरपुलको पहिलो हार

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 386
    SHARES
  • प्रिमियर लिग : लिभरपुलको पहिलो हार

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।

    images

    आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो ।

    वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र  डिभोक ओरिगीले गोल गरे ।

    images

    उक्त जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ ।