एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा एभर्टन र टोटेनहमले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
एभर्टनको घरेलु मैदानमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । त्यस्तै खेलको इन्ज्युरी समयमा मासन हल्गेटले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित बनेको थियो ।
उक्त बराबरीसँगै नवौँ स्थानको टोटेनहमले ११ खेलमा १६ अङ्क जोडेको छ । यता १५ अङ्क भएको एभर्टन ११औं स्थानमा रहेको छ ।


