शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनकोशीलाई पेनाल्टीमा हराउँदै कनकाई अन्तिम आठमा

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 381
    SHARES
  • सुनकोशीलाई पेनाल्टीमा हराउँदै कनकाई अन्तिम आठमा

    कात्तिक २२ काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  

    images

    प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको  खेलको छिनोफानो सिधै पेनाल्टी सुट आउटमा भएको थियो । पेनाल्टीमा भाग्यशाली रहेको कनकाईले सुनकोशीलाई ३–१ ले हरायो । 

    खेलको प्लेअर अफ दि म्याच कनकाईकी जसोधा लावती घोषित भईन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् । अब, कनकाइले सेमिफाइनल प्रवेशका लागि बुधबार कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

    images

    प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् । फाइनल भिड्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछ । राष्ट्रिय महिला लिगमा आठ टोलीले सहभागीता जनाउँनेछन् ।