शुक्रबार, भाद्र २६ गते २०८३
images

नवनियुक्त सदस्य-सचिव ढकालद्वारा पदवहाली

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 272
    SHARES
  • नवनियुक्त सदस्य-सचिव ढकालद्वारा पदवहाली

    कात्तिक २२ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य-सचिव ढकालले पदवहाली गरेका हुन् ।

    images

    १६ कात्तिकको युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ उपदफा (१२)बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य-सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । 

    ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् । पदवहालीपछि सदस्य-सचिव ढकालले नवौँ राष्ट्रिय खेलकुद र आव २०७८/०७९ का महत्त्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।

    images

    पदवहालीअघि सदस्य-सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।