शुक्रबार, भाद्र २६ गते २०८३
images

नामिबियामाथि भारतको सानदार जित

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 270
    SHARES
  • नामिबियामाथि भारतको सानदार जित

    कात्तिक २३ काठमाडौं । आईसीसी टि-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ ।  सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो । 

    images

    जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल ५४ रनमा अविजित रहे ।

    यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए ।

    images

    भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४  हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेकाे हाे ।