एजेन्सी । आईसीसी टि-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा बुधबार (आज) इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दैछन्।
अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दैछन्। यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।
इंग्ल्यान्ड सुपर १२ अन्तर्गत समूह १ को विजेता हो भने न्यूजिल्यान्ड समूह २ को उपविजेता हो। समूह चरणको खेलमा पाँच खेलमध्ये दुवैले ४ मा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। सन् २००७ बाट सुरु टि-२० विश्वकपमा इङ्ल्यान्ड दुई पटक फाइनल पुगेको छ।


