शुक्रबार, भाद्र २६ गते २०८३
images

अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टि-२० र वानडे सिरिज खेल्ने

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 223
    SHARES
  • अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टि-२० र वानडे सिरिज खेल्ने

    एजेन्सी । अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टि-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ । 

    images

    अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो । दुई टोलीबीच दुई  खेलको टी-२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो । 

    अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ । अमेरिका र आयरल्याण्डबीचको टि-२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ । 

    images

    सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ । यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ । दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ  यी सबै खेल फ्लोरिडामा हुनेछन् ।