शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : फाइनल प्रवेशको लागि पाकिस्तान र अस्ट्रेलिया भिड्दै

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 261
    SHARES
  • टि-२० विश्वकप : फाइनल प्रवेशको लागि पाकिस्तान र अस्ट्रेलिया भिड्दै

    एजेन्सी । जारी आइसिसी टि-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार (आज) दोस्रो सेमिफाइनल खेल हुँदै छ । नेपाली समयअनुसार बेलुका ७:४५ बजे हुने उक्त खेलमा पाकिस्तान र अस्ट्रेलियाले खेल्दै छन् । 

    images

    दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा दुवै टिम उपाधि नजिक पुग्ने लक्ष्यमा हुनेछन् । पाकिस्तान र अस्ट्रेलियाबीचको टिमले उपाधिका लागि न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्ड बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै अन्तिम दुईमा प्रवेश गरिसकेको छ । 

    पाकिस्तान समूह २ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । अपराजित रहेको पाकिस्तानले पाँचै खेलमा जित दर्ता गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । अस्ट्रेलिया भने समूह १ को उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । 

    images