शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : पोर्चुगल बराबरीमा रोकियो

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 377
    SHARES
  • विश्वकप छनौट : पोर्चुगल बराबरीमा रोकियो

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत यूरोपियन छनौट खेलमा पोर्चुगल रिपब्लीक आयरल्यान्डसँग बराबरीमा रोकिए छ ।

    images

    बिहिन राति भएको खेलमा पोर्चुगल घरेलु टोली आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

    खेलमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल गर्नबाट चुक्दा खेल बराबरीमा सकिएको थियो । त्यस्तै खेलको ८२औं मिनेटमा पाहुना टोली पोर्चुगल १० खेलाडी सिमित बनेको थियो । उसका डिफेन्स पेपेले रातो कार्ड व्यहोर्नुपरेको थियो ।

    images

    उक्त बराबरीसँग समूह ए मा ७ खेल खेलेको पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । उसको १७ अंक रहेको छ । समान अंक भएको सर्विया गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । यता आयरल्यान्डकाे भने ६ अंकसहित चौथो स्थानमा रहेको छ ।