शनिबार, भाद्र २७ गते २०८३
images

ब्राजिल ६ खेल अगावै फिफा विश्वकपको लागि छनोट  

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 584
    SHARES
  • ब्राजिल ६ खेल अगावै फिफा विश्वकपको लागि छनोट  

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको लागि ब्राजिलले आफ्नो स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा स्पष्ट ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो । 

    images

    कुल १२ खेलमा ११ जित र १ बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा ब्राजिललाई जिताउन लुकास पाक्वेटाले खेलको ७२औं मिनेटमा निर्णायक गोल गरे । त्यस्तै अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई १-० ले पराजित गरेका छन् । 

    उक्त जितसँगै अपराजित ब्राजिलको शीर्ष स्थानमा छ । ११ खेलमा २५ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । ईक्वेडर २० अंक सहित तेस्रो स्थानमा रहँदा समान १६ अंक बनाएका चिली, कोलम्बिया र उरुग्वे गोल अन्तरका आधारमा चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

    images