शुक्रबार, भाद्र २६ गते २०८३
images

उपमेयर कप : आज सेमिफाइनल खेल हुँदै

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 361
    SHARES
  • उपमेयर कप : आज सेमिफाइनल खेल हुँदै

    कात्तिक २६ काठमाडौं । मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो ।  

    त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ । 

    images

    विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन् । यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।