शनिबार, भाद्र २७ गते २०८३
images

विश्वकप छनोट : जर्मनीले निकाल्यो लिचेस्टाइनमाथि ९-० गोलको जित  

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 332
    SHARES
  • विश्वकप छनोट : जर्मनीले निकाल्यो लिचेस्टाइनमाथि ९-० गोलको जित  

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा यूरोपियन छनोट खेलमा जर्मनीले फराकिलो जित निकालेको छ । बिहिवार राति भएको समूह ‘जे’ खेलमा घरेलु टोली जर्मनीले पाहुना टोली लिचेस्टाइनमाथि ९-० गोलको सानदार जित निकालेको हो । 

    images

    खेलमा घरेलु टाली जर्मनीको जितमा लिरोए साने र थोमस मुलरले समान २/२ गोल गर्दा इल्केए गुन्डोगान,मार्को रिउस र रिड्ले बाकुले समान १/१ गोल गरे । लिचेस्टाइनका डानियल र माक्सिमिलियानले आत्मघाति गोल गरेका थिए ।  

    त्यस्तै खेलको ९औं मिनेटमै लिचेस्टाइनका डिफेण्डर लेन्स होफेरले सिधै रातोकार्ड ब्यहोर्दै मैदान छाडेका थिए । समूह ‘जे’ कै अर्को खेलमा रोमानियाले आईसल्याण्डसँग गोलरहित बराबरी खेल्यो । नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५-० गोल अन्तरले पराजित गर्‍यो ।

    images

    उक्त खेलसँगै समूह ‘जे’मा ९ खेल सकिँदा २४ अंक बनाएको जर्मनी शीर्षस्थानमा छ । नर्थ म्यासेडोनिया १५ अंक सहित दोस्रो स्थानमा रहँदा रोमानिया १४ अंक सहित तेस्रो स्थानमा रहेको छ । यस्तै अर्मेनिया, आईसल्याण्ड र लिचेस्टाईन क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।