शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनोट : क्रोएसिया र रसियाको सानदार जित 

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 372
    SHARES
  • विश्वकप छनोट : क्रोएसिया र रसियाको सानदार जित 

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटको क्रोएसिया र रसियाले सानदार जित निकालेका छन् ।  बिहीबार राति भएका खेलमा क्रोएसिया र रसियाले आफ्ना विपक्षीविरुद्ध आधा दर्जन गोल गरेका हुन् ।

    images

    समूह ‘एच’ को खेलमा क्रोएसियाले घरेलु टोली माल्टामाथि ७-१ को फराकिलो जित निकाल्यो । पाहुना टोली क्रोएसियाको सानदार जितमा लोभ्रो माजेरले २ तथा इभान पेरिसिस, डुजे कालेटा कार, मारियो पासालिस, लुका मोड्रिच र एन्डरेज क्रामारिकले १/१ गरे । क्रोएसियाको मार्कोलो ब्रोजोभिकले आत्माघाति गोल गरे । 

    समूह ‘एच’ कै अर्को खेलमा रसियाले साइप्रसमाथि ६-० ले हरायो । घरेलु टोली रसियाको जितमा एलेक्सान्डर योरोखिनले २ तथा फेडर सोमोलोभ, एन्डरे मोस्टोभोए, एलेकसेइ सुटोरमिन र एन्टन जाबोलोटनीले १/१ गोल गरे ।

    images

    यता अर्को खेलमा स्लोभाकिया र स्लोभेनियाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘एच’ को यो नतिजापछि क्रोएसिया र रसिया सोझौ विश्वकप छनोटको सम्भावना बनाएका छन् । 

    उक्त समूहमा ९ खेल सकिँदा रसिया ९ खेलबाट ७ जित, १ बराबर र १ हारका साथ २२ अंक बोकेर शीर्ष स्थानमा छ । ६ जित, २ बराबर र १ हार सहित २० अंक बनाएर क्रोएसिया दोस्रो स्थानमा छ । ११ अंक रहेका स्लोभाकिया र स्लोभेनिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यता, समान ५ अंक भएका माल्टा र साइप्रस क्रमशः पाचौं र छैटौं स्थानमा छन् ।