एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत यूरोपियन छनोट खेलमा स्जेनले कठिन जित निकालेको छ भने स्विडेन पराजित भएको छ ।
बिहीबार राति भएको समूह ‘बी’को खेलमा स्पेनले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो । पाहुना टोली स्पेनको लागि पाब्लो सराबियाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले पहिलो हाफको खेलको २६औं मिनेटमा पेनाल्टी गोल गरि स्पेनलाई १-० गोलको जित दिलाउँदै महत्वपूर्ण ३ अंक दिलाए ।
समूह ‘बी’ कै अर्को खेलमा जर्जियाले स्विडेनलाई २-० गोल अन्तरले पराजित गरेको छ । घरेलु टोली जर्जियाको जितमा केचभिचा केभारात्स्केलिया २ गोल गरे ।
उक्त जितसँगै स्पेन ७ खेलमा ५ जित, १ बराबर र १ हारसहित १६ अंक बनाएर शीर्ष स्थानमा छ । १५ अंक रहेको स्विडेन दोस्रो स्थानमा छ भने ९ अंक बनाएको ग्रीस तेस्रो स्थानमा छ । ७ अंक जोडेको जर्जिया चौथो स्थानमा रहँदा कोसोभो ४ अंक सहित पाँचौं स्थानमा छ ।


