शुक्रबार, भाद्र २६ गते २०८३
images

उपमेयर कप : कनकाईलाई हराउँदै ललितपुर फाइनलमा 

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 335
    SHARES
  • उपमेयर कप : कनकाईलाई हराउँदै ललितपुर फाइनलमा 

    कात्तिक २६ काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार भएको पहिलो सेमिफाइनलका खेल झापाको कनकाई नगरपालिकालाई हराउँदै ललितपुर महानगरपालिका फाइनलमा प्रवेश गरेको छ । 

    images

    सात दोबाटो एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कनकाईमाथि १-० गोलको रोमाञ्चक जित निकालेको हो । ललितपुरको जितमा कप्तान निर्मला विकेले खेलको तेस्रो मिनेटमा गरेको एकमात्रै गोल फाइनल प्रवेशको लागि प्रयाप्त बन्यो ।

    ललितपुरले पहिलो हाफमा गरेको गोललाई नै जोगाउँदै फाइनलको यता तय गरेको हो अब उसको उपाधिका लागि गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच विजेता सँग उपाभि भिडन्त गर्ने छ । त्यस्तै खेलको म्यान अफ द म्याच ललितपुरकी सिर्जना सिंह भएकी छिन् । 

    images

    त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

    छनौट प्रतियोगिताको विजेताले नगद पाँच लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख पाउनेछ ।

    छनौट प्रतियोगिताको विजेता र उपविजेता दुबैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने राष्ट्रिय महिला लिगमा स्थान बनाउन पाउनेछ ।