शुक्रबार, भाद्र २६ गते २०८३
images

एसकेडीयूएनका खेलाडी तथा अफिसियललाई बिदाइ

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 263
    SHARES
  • एसकेडीयूएनका खेलाडी तथा अफिसियललाई बिदाइ

    कात्तिक २६ काठमाडौं । सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औँ एसकेडीयूएन विश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडीयूएन)का खेलाडी तथा अफिसियललाई संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ शुभकामनासहित बिदाइ गरे ।

    images

    २४ देखि २८ कात्तिकसम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रीबहादुर महतको नेतृत्वमा एक अफिसियल र ८ जना खेलाडीलाई बिदाइ गरिएको हो । संघका अध्यक्ष धीरज तामाङ पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए ।

    सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरू चित्रबहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् । 

    images