शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिलाषाको जोडी पहिलो

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 456
    SHARES
  • अभिलाषाको जोडी पहिलो

    कात्तिक २६ काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

    images

    पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरेको हो ।

    त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्ने क्रममा ६–० र ६–१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

    images

    ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए । नेपालबाट आरभसम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए ।  उनीहरूलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए ।

    सर्किट–१ शनिबारसम्म चल्ने छ । त्यसपछि सर्किट–२ का खेलहरू खेलाइने छ ।