शुक्रबार, भाद्र २६ गते २०८३
images

केनको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित

एक्सप्रेस पाना
कार्तिक २७, २०७८ शनिबार
  • 361
    SHARES
  • केनको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित

    एजेन्सी । सुपरस्टार फरवार्ड तथा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । शुक्रबार राति इंग्ल्यान्डको घरेलु मैदान बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । 

    images

    इंग्ल्यान्डको जितमा कप्तान केनले १८, ३३ र ४५औं मिनेटपछि थपिएको १ मिनेटमा ह्याट्रिक पूरा गरे । ह्यारी मगाएरले ९औं मिनेट तथा जार्डन हेण्डरसनले २८औं मिनेटमा गोल गरे ।

    उक्त जितसँगै इंग्ल्यान्डले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । समूह आईको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको एन्डोरालाई ४-१ ले पराजित गरेको छ । इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अल्वानिया १५ अंक सहित तेस्रो स्थानमा छ । यता, जितपछि पोल्याण्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

    images