एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत यूरोपियन छनोट खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको एन्डोरालाई ४-१ ले पराजित गरेको छ ।
शुक्रबार राति एन्डोराको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले २ तथा कामिल जोविएक र अर्काडिअस मिलिकले १/१ गोल गरे ।यता एन्डोराका मार्क भालेसले १ गोल फर्काए ।
एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमानै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उक्त जितसँगै पोल्यान्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


