शुक्रबार, भाद्र २६ गते २०८३
images

महिला उप मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 454
    SHARES
  • महिला उप मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

    कात्तिक २८ काठमाडौं । राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।  फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । 

    images

    यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको थियो ।

    दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भएको थियो । 

    images

    प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ ।

    यसअघि एन्फाले ३१ टोली सहभागीलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।

    अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।