शुक्रबार, भाद्र २६ गते २०८३
images

इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकपको लागि छनोट

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 442
    SHARES
  • इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकपको लागि छनोट

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको समूह ‘ई’ को खेलमा बेल्जियमले ५ अंकको अग्रता राख्दै विश्वकपमा छनोट भएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा १ गोल गरेको बेल्जियमले दोस्रो हाफमा २ गोल गर्दा १ गोल ब्यहोरेको थियो । 

    images

    बेल्जियमको जितमा क्रिष्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले समान एक एक गोल गरे । इस्टोनियाको लागि एरिक सोर्गले सान्त्वना गोल गरे ।

    समूह ‘ई’ कै अर्को खेलमा वेल्सले बेलारुसलाई ५–१ गोल अन्तरले पराजित गर्यो । वेल्सलको जितमा आरोन राम्सेले दुई गोल गरे । यस्तै निको विलियम्स, बेन डेभियस र कनर रोबर्टस्ले एक एक गोल गरे । बेलारुसका अर्टम कोन्टनेभोजले एक सान्त्वना गोल गरे । 

    images

    उक्त जितसँगै समूह ‘ई’ बाट ७ खेलमा अपराजित रहँदै १९ अंक बनाएको बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको छ । १४ अंक बनाएको वेल्स दोस्रो स्थानमा रहँद चेक रिपब्लिक ११ अंकसहित तेस्रो स्थानमा छ भने एस्टोयिना चौथो स्थानमा रहँदा बेलारुस पाँचौ स्थानमा छ ।