शुक्रबार, भाद्र २६ गते २०८३
images

महिला क्रिकेट टोली कतार प्रस्थान

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 251
    SHARES
  • महिला क्रिकेट टोली कतार प्रस्थान

    कात्तिक २८ काठमाडौं । कतारसँग हुने तीन टि-२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो ।

    images

    २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टि-२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टि-२० श्रृंखला खेल्नेछ । छनोट दुबईमा हुनेछ ।

    छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानिय क्लबसँग तीन मैत्रीपूर्ण श्रृंखला खेलेको थियो । 

    images

    सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि-२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ देश सहभागी छन् ।

    नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ ।  ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र  १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । 

    नेपाली टोली -
    रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई