एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत यूरोपियन छनोट खेलमा पोर्चुगल पराजित भएको छ ।
समूह ए को अन्तिम खेलमा पोर्चुगल घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सर्बियासँग २-१ गोलले पराजित भएको हो ।
खेलको दोस्रो मिनेटमै रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको पोर्चुगल खेलको ३३औं मिनेटमा र ९०औं मिनेटमा गोल खाँदै पराजित भएको हो ।
उक्त हारसँगै पोर्चुगलले सिधै विश्वकप खेल्ने अवसर घुमाएको छ । अब उसले प्ले अफको खेल खेल्नु पर्नेछ । उक्त खेलहरु आगामी मार्चबाट सुरु हुनेछ ,भने यता विजयी सर्बियाले भने विश्वकपको लागि आफ्नो स्थान पक्का गरेको छ । ८ खेलबाट २० अंक बनाउँदै सर्बिया शीर्ष स्थानमा रह्यो भने पोर्चुगल समान खेलबाट १७ अंकसहित दोस्रो स्थानमा रह्यो ।
यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३-० ले पराजित गरेको छ ।


