शुक्रबार, भाद्र २६ गते २०८३
images

स्पेन र क्रोएसिया फिफा विश्वकपमा छनोट 

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 296
    SHARES
  • स्पेन र क्रोएसिया फिफा विश्वकपमा छनोट 

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वपकमा स्पेन र क्रोएसिया स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र साविकको उपविजेता क्रोएसिया कतार विश्वकपको लागि छनोट भएका हुन् । 

    images

    स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो । 

    उक्त जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोयशिया विश्वकपमा स्थान बनाउन सफल भयो ।

    images

    आइतबार राति भएको खेलमा क्रोएसियाले रुसलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोयशियालाई भएको हो ।

    उक्त जितसँगै क्रोएसिया १० खेलमा २३ अंक बनाएर शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । दोस्रो स्थानको रुसको १० खेलमा २२ अंक जोड्यो । रुसको प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना छ ।