शनिबार, भाद्र २७ गते २०८३
images

नेपालले कतारलाई सहजै हरायो 

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 254
    SHARES
  • नेपालले कतारलाई सहजै हरायो 

    कात्तिक ३० काठमाडौं । पहिलो मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई सहजै पराजित गरेको छ ।  मंगलबार दोहामा भएको तीन शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको हो । 

    images

    जितका लागि १४७ रनको लक्ष्य पाएको कतार ११ ओभर ५ बलमा मात्र २७ रनमा अलआउट भएको थियो । नेपालको धारिलो बलिङ सामु कुनै पनि कतारी खेलाडी खुलेर खेल्न सकेनन् ।  कतारका ७ खेलाडी शून्यमै आउट भएका थिए भने कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । ११ बल फालेकी रुविनाले १ रन दिएर ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर र सिता राना मगरले समान २ विकेट लिए । यता, करुना भण्डारीले १ विकेट लिइन् । 

    images

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।  नेपालको लागि इन्दु बर्माले अर्धसतकसहित सर्वाधिक ५५ रन बनाइन् । ४५ बल खेलेकी इन्दुले ५ चौका प्रहार गरेकी थिइन् । यस्तै सिता राना मगरले ३९ रनको योगदान गरेकी थिइन् ।

    नेपालले कतार भ्रमणमा तीन टी–ट्वान्टी खेल खेल्नेछ । यसपछि नेपाली टोली ग्लोबल छनोट खेल्न संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।