शनिबार, भाद्र २७ गते २०८३
images

ब्राजिलसँग बराबरीमा रोकिएसँगै अर्जेन्टिनालाई विश्वकप छनोट हुन अर्काे खेल कुर्नु पर्ने  

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 305
    SHARES
  • ब्राजिलसँग बराबरीमा रोकिएसँगै अर्जेन्टिनालाई विश्वकप छनोट हुन अर्काे खेल कुर्नु पर्ने  

    एजेन्सी । ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका लागि अर्जेन्टिनाले अर्काे खेल कुर्नुपर्ने हुन्छ । 

    images

    स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो । 

    बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ ।

    images