मंसिर १ काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्ग यूरोपियन छनोटमा नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड छनोट भएको छ । मंगलबार राति भएको समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो ।
घरेलु टोली नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे । पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो ।
उक्त जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो । समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ ।


