मंसिर १ काठमाडौ । टि-२० महिला विश्वकपको एसिया छनोट खेलको तयारीमा रहेको नेपाली टोलीले कतार विरुद्धको तिन खेलको टि२० शृखंलाको दोस्रो खेलमा कतारलाई १३० रनको लक्ष्य दिएको छ ।
दोहामा जारी खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाउन सफल रह्यो। नेपालले सस्तैमा पहिलो र दोस्रो विकेट गुमाए पनि तेस्रो विकेटका लागि कप्तान रुबिना क्षेत्री र कविता कुवॅंर बिच अर्ध शतकिय साझेदारी भए पश्चात नेपाली टिम बलियो लक्ष्य तर्फ उन्मुख भयो ।
क्षेत्रीले १ छक्का र ४ चौकाको सहयोगमा ५० रनको अर्धशतकिय ईनिङ खेलिन् । उनले ४८ बलमा ५० रन जोडिन् । त्यस्तै कविता कुबॅंरले ३१ रन बनाईन् भने अप्सरी बेगमले १७ बलमा २३ रन बनाईन्। कतारका लागि एन्जेलिन मारीले २ तथा एलिना खान र सविजा पानायानीले समान १/१ विकेट लिए ।
यस शृखंलाको पहिलो खेलमा किर्तिमानी ११९ रनको जित हात पारेको नेपाली टोली आज पनि सहज जित निकाल्दै एक खेल अगावै शृखंला आफ्नो नाम गर्न चाहान्छ । यो शृखंला नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टि-२० शृखंला खेल्न लागेको हो ।


