शुक्रबार, भाद्र २६ गते २०८३
images

भारतले पहिलो टि–२० क्रिकेटमा न्युजिल्यान्डलाई हरायो

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 484
    SHARES
  • भारतले पहिलो टि–२० क्रिकेटमा न्युजिल्यान्डलाई हरायो

    मंसिर २ काठमाडौं । भारतले पहिलो टि-२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । ​जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो ।

    images

    घरेलु टोली भारत जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले २ विकेट लिए ।

    टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय पारी खेले ।

    images

    गुप्टिलले ७० तथा मार्कले ६३ रन जोडे । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए । दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए । उक्त जितसँगै तीन खेलको श्रृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।