एजेन्सी । इरानको राष्ट्रिय महिला फुटबल टोलीको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लिंग जाँच गर्न माग गरिएको छ । इरानको राष्ट्रिय फुटबल टोलीकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको हो ।
उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन् ।
जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टोलीमा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)सँग उनको लिंगको पुष्टि गर्न माग गरेका हुन्।


