शनिबार, भाद्र २७ गते २०८३
images

ऐतिहासिक शृंखला जितेको नेपाल कतारविरुद्ध 'क्लिन स्विप' गर्ने दाउमा

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 317
    SHARES
  • ऐतिहासिक शृंखला जितेको नेपाल कतारविरुद्ध 'क्लिन स्विप' गर्ने दाउमा

    मंसिर २ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

    images

    दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ । 

    तीन खेलको शृंखला नेपालले  यसअघि नै २-० ले  जितिसकेको छ ।  नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । 

    images

    आईसीसी महिला टि-२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टि-२० शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ । 

    विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।