शनिबार, भाद्र २७ गते २०८३
images

मेस्सीले जिते गोल-५० बेस्ट प्लेयर अवार्ड 

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 229
    SHARES
  • मेस्सीले जिते गोल-५० बेस्ट प्लेयर अवार्ड 

    एजेन्सी । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का अर्जेन्टिनी फरवार्ड खेलाडी लियोनल मेस्सीले गोल–५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । उनले म्यान्चेस्टर युनाईटेडका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

    images

    गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड समर्थकबाट सर्वाधिक भोट प्राप्त गर्दै मेस्सीले जितेका हुन् । गत वर्ष रोबर्ट लेवान्डोस्की अवार्ड जितेका थिए । यो सिजन उनी  तेस्रो स्थानमा रहे । मेस्सीले अवार्ड जित्दा रोनाल्डो दोस्रो स्थानमा रहे । गोल ५० अवार्ड मेस्सीले पाँचौं पटक जितेका हुन् ।

    महिलातर्फको गोल ५० अवार्ड बार्सिलोनाकी मिडफिल्डर एलेक्सिया पुटेलासले जितिन् ।

    images