मंसिर २ काठमाडौं । ओपनर सीता रानामगरको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कतारलाई १ सय ६५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।
नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहिन् । त्यस्तै काजल श्रेष्ठ ७ ,ज्योति पाण्डे २० बलमा १ चौका सहित २४ रन तथा डली भट्टलाई १२ रनमा बोल्ड आउट भइन् भने सरिता मगर ११ बलमा १ चौका सहित ११ रनमा अविजित रहिन् ।

