शनिबार, भाद्र २७ गते २०८३
images

कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक 'क्लिन स्वीप'

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 278
    SHARES
  • कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक 'क्लिन स्वीप'

    मंसिर २ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टि-२० क्रिकेट शृंखला 'क्लिन स्विप' गरेको छ ।

    images

    कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।  बिहीबार भएको  तेस्रो तथा अन्तिम टि-२० खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३-० ले आफ्नो पक्षमा बनाएको हो । 

    नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कतारका ब्याटर अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरिन् । नेपालका बलर रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १ विकेट हात पारे ।

    images

    यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको कीर्तिमानी योगफल बनाएको थियो । नेपालकी ब्याटर सीता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । 

    आईसीसी महिला टि-२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेल खेलेको हो । विश्वकप छनोट २२ देखि २८ नोभेम्बर सम्म दुबईमा आयोजना हुनेछ । जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।