मंसिर ३ काठमाडौं । आजबाट सुरु भएको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरका दुई नवप्रवेशी टोली सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु भएको हो ।
तुलनात्मक रुपमा खेलमा सातदोबाटोले केही राम्रो अवसर सिर्जना गरेता पनि अग्रता भने बनाउन सकेन ।
सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ ।


