शनिबार, भाद्र २७ गते २०८३
images

ए डिभिजन लिग : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 407
    SHARES
  • ए डिभिजन लिग : आज दुई खेल हुँदै

    मंसिर ४ काठमाडौं । कतार एअरवेज शहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत शनिबार दुई खेल हुँदैछ । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा  संकटा क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन् । 

    images

    शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा हुनेछ भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रनेछ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने  दाउमा हुनेछन् । दुबै टोलीले चार विदेशी खेलाडी मैदानमा उतार्ने छन् ।दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरु हुनेछ । 

    थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए ।

    images

    त्यस्तै हिजो शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।