मंसिर ४ काठमाडौं । कतार एअरवेज शहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालय शेर्पा र संकटा फुटबल क्लबले अंक बाँढेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ६०औं मिनेटमा लक्ष्मण रुचालले गोल गरि संकटालाई १-० गोलको अग्रता दिलाएका थिए ।
तर उक्त अग्रता शेर्पाले धेरै समय टिक्न दिएन । शेर्पाको लागि ६४औं मिनेटमा त्रिदेव गुरुङ गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए ।
त्यस्तै बाँकी समय थप गोल नहुँदा दुबईमा टोलीले १/१ अंक बाढेका हुन । शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको हो भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रिएको थियो ।
दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।


