काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका ५ ठेगाना भएका ४७ वर्षीय बिनोद कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


