शनिबार, भाद्र २७ गते २०८३
images

पहिलो हाफ : च्यासलविरुद्ध थ्री स्टारलाई २-० को अग्रता

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 250
    SHARES
  • पहिलो हाफ : च्यासलविरुद्ध थ्री स्टारलाई २-० को अग्रता

    मंसिर ४ काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत जारी खेलमा च्यासलविरुद्ध थ्री स्टार क्लबले २-० गोलको अग्रता बनाएकाे छ ।

    images

    थ्री स्टारका लागि पहिलो हाफको खेलको २२औं मिनेटमा निशान खड्का र ४५औं मिनेटमा राफेल बिडियास रिम गोल गरि अग्रता दिलाएका थिए । निशानले सिधै फ्रिकिकमा गोल गरेका हुन् । भने यता हेमन्त थापामगरकाे फ्रिकिकमा रफायल बिडियासले गाेललाइन नजिकैबाट हेडमार्फत गाेल गरेका हुन् ।

    त्यस्तै यता खेलको २५औं मिनेटमा च्यासलले बराबरी गोल गर्न अवसर पाएको थियो । तर च्यासलका बिकास मेराग्लियाको पेनाल्टी प्रहार थ्रीस्टारका गोलरक्षकले जोगाएका थिए ।

    images

    अनन्त तामाङले बिकाशलाइ बक्सभित्र फल गरेपछि पाएकाे पेनाल्टीमा बिकासको प्रहार थ्रीस्टारका गाेलरक्षक गुलामे जांगाले डाइभ गरी बचाएका हुन् ।