मंसिर ४ काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार फुटबल क्लबले सानदार सुरुवात गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा च्यासलविरुद्ध थ्री स्टार क्लबले ३-० गोलको सहज जित निकाल्दै सुखद सुरुवात गरेको हो ।
थ्री स्टारकाे जितमा निशान खड्का , राफेल बिडियास रिम र अन्नत तामाङले समान १/१ गोल गरेका हुन् । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा थप १ गोल गर्न सफल भएको हो ।
थ्री स्टारको लागि हाफको खेलको २२औं मिनेटमा निशान खड्का र ४५औं मिनेटमा राफेल बिडियास रिम गोल गरि अग्रता दिलाएका थिए । निशानले सिधै फ्रिकिकमा गोल गरेका हुन् । भने यता राफेल बिडियास रिमले फ्रिकिकबाट आएको बल हेडमार्फत गोल गरेका हुन् । त्यस्तै दोस्रो हाफको खेलको ५८औं मिनेटमा अन्नतले हेडमार्फत गोल गरि ३-० गोलको अग्रता दिलाए । त्यसपछि बाँकी समय थप गोल नहुँदा थ्री स्टारले सानदार जित निकाल्यो ।
त्यस्तै यता खेलको २५औं मिनेटमा च्यासलले पेनाल्टीको अवसर पाएको थियो । तर च्यासलका बिकास मेराग्लियाको पेनाल्टी प्रहार थ्रीस्टारका गोलरक्षकले जोगाएका थिए ।
उक्त जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोड्दै सुखद सुरुवात गरेको छ भने यता च्यासलले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।


