शनिबार, भाद्र २७ गते २०८३
images

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडको अर्को लज्जास्पद हार

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 588
    SHARES
  • प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडको अर्को लज्जास्पद हार

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले फेरि अर्को नमिठो हार व्यहोर्नुपरेको छ ।

    images

    शनिबार राति भएको खेलमा घरेलु टोली वार्डफोटसँग ४-१ गोल अन्तरले पराजित भएको हो । यो सँगै युनाइटेडले लगातार दोस्रो खेलमा पराजित भएको छ । यस अघि घरेलु मैदानमै म्यान्चेस्टर सिटीसँग २-० गोलले स्तब्ध बनेको थियो ।

    त्यस्तै आजको खेलमा घरेलु टोली वार्डफोटको जितमा जोउस्वा किंग, स्मालिया सार , जोओ पेद्रो र डेनिसले समान १/१ गोल गरे । यता युनाइटेडका लागि भान डी विकले एक सान्त्वना गोल गरे ।यस्तै खेलको ६९ औं मिनेटमा युनाइटेड १० खेलाडीमा झर्न पुग्यो । उसका कप्तान तथा मुख्य डिफेन्डर हेरी मगुइरा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । 

    images

    उक्त हारसँगै युनाइटेडले शिर्ष पाँचमा पुग्ने मौका खेर फाल्यो । उसको १२ खेलमा १७ अंक छ । यता वाटफोटको १२ खेलमा १३ अंक भएको छ । यो जितले वाटफोर्ड १४ औं स्थानमा पुगेको छ ।