शनिबार, भाद्र २७ गते २०८३
images

डर्टमुन्डको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 277
    SHARES
  • डर्टमुन्डको रोमाञ्चक जित

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमुन्डले भिएफबी स्टटगार्टमाथि २-१ गोलको जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डलाई जिताउन डोनीवेल मलेन र मार्को रेउसले १/१ गोल गरे । यता पहुना टोलीको स्टटगार्टका लागि रोबर्ट मासिमोले १ गोल गरे । 

    images

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औं मिनेटमा मलेनले गोल गर्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औं मिनेटमा मासिमोले गोल गर्दै स्टटगार्टलाई खेलमा फर्काए । तर खेलको ८५औं मिनेटमा रेउसले गोल गर्दै डर्टमुन्डको जित सुनिश्चत गरे । 

    उक्त जितसँगै दोस्रो स्थानको डर्टमुन्डले १२ खेलमा २७ अङ्क बनाएको छ । यता पराजित स्टटगार्ट भने १० अङ्कका साथ १६औं स्थानमा छ । 
     

    images