शनिबार, भाद्र २७ गते २०८३
images

प्रिमियर लिग : लिभरपुलले आर्सनलमाथि सानदार जित

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 526
    SHARES
  • प्रिमियर लिग : लिभरपुलले आर्सनलमाथि सानदार जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनलमाथि सानदार जित निकालेको छ । शनिबार राति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा आर्सनललाई ४-० गोल अन्तरले हराएको हो ।

    images

    घरेलु टोली लिभरपुलको जितमा साडियो माने, डिएगो जोटा, मोहम्मद सालाह र टाकुमी मिनामिनोले १/१ गोल गरे । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ३ गोल थपेको थियो । 

    पहिलो हाफको खेलको ३९औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको खेलको ५२औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । खेलको ७३औं मिनेटमा सालाह र ७७औं मिनेटमा मिनामिनोले गोल गरेपछि लिभरपुलले एकतर्फी जित दर्ता गरेको हो । 

    images

    उक्त जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । उसले १२ खेलमा २५ अङ्क जोडेको छ । आर्सनल भने २० अङ्कका साथ पाँचौँ स्थानमा छ ।