एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे । उनले खेलको ४८औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । त्यसपछि बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।
उक्त जितसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुवात गरेका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए । बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ ।


