एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा शनिबार राति पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
त्यस्तै खेलको ८७औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो । यसघि खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
उक्त जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


